पूर्वाधार विकास बै‌कको उद्घाटन

अर्थमन्त्री युवराज खतिवडाले बैंकको उद्घाटन गरे । ठूला पूर्वाधार निर्माणमा लगानी केन्द्रित गर्ने गरी विशिष्ट बैंकका रूपमा स्थापना भएको यो नेपालको पहिलो बैंक हो । यो बैंकले राष्ट्र बैंकबाट ‘क’ वर्गको पूर्वाधार विकास बैंकको अनुमति प्राप्त गरेको छ ।

यो बैंकले राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रूपमा ०७५ माघ २८ मा राष्ट्र बैंकबाट अनुमति पाएको हो । सरकारको १० प्रतिशत लगानी रहेको यो बैंकमा पब्लिक लिमिटेड कम्पनी (वाणिज्य बैंक, बिमा कम्पनी) को करिब ४० प्रतिशत लगानी छ । निजी लगानीकर्ताको १० प्रतिशत र बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयर बैंकले पछि जारी गर्नेछ । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको यो बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकले ‘पूर्वाधार विकास बैंकसम्बन्धी नीतिगत व्यवस्था २०७४’ मार्फत यो बैंकलाई सञ्चालन अनुमति दिएको हो । पूर्वाधार विकास बैंकको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था कानुनमा छ । स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक स्थापना भएमा संस्थापक समूहले न्यूनतम ५१ प्रतिशतदेखि ७० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यस्तो अवस्था उक्त कम्पनीले सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत र आफ्ना कर्मचारीलाई न्यूनतम ०.२ प्रतिशतसम्म सेयर छुट्याउनुपर्ने व्यवस्था छ ।

विदेशी साझेदरका रूपमा विदेशी बैंक वा विक्तीय संस्थाको संयुत्त लगानीमा समेत यस्तो बैंक स्थापना हुन सक्नेछ । यसरी स्थापना हुने बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी गर्न सक्छन् । ८५ प्रतिशतसम्म सेयर वैदेशिक लगानी हुने यस्तो बैंकले सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर छुट्याउनुपर्ने व्यवस्था छ । ५० प्रतिशतसम्म मात्र वैदेशिक लगानी रहेको पूर्वाधार विकास बैंकले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर छुट्याउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

slot gacor
v2ray account