२५ असोज, काठमाडौं ।
सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् ।
हरेक प्रदेशमा अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको प्रतिशत फरक-फरक छ । प्रदेश १ र २ मा अल्पसंख्यकको जनसंख्या धेरै छ भने पिछडिएको क्षेत्र थोरै छ । तर, प्रदेश ६ र ७ मा पिछडिएको क्षेत्र धेरै छ भने अल्पसंख्यक कम छन् ।
प्रदेशगत रुपमा अल्पसंख्यक र पिछडिएको क्षेत्रको जनसंख्या प्रतिशतमा
प्रदेश | अल्पसंख्यक | पिछडिएको क्षेत्र |
---|---|---|
१ | १७.५३ | ०.४४ |
२ | २५.१७ | २.११ |
३ | ७.७७ | १.०० |
४ | ६.०२ | ०.०८ |
५ | ८.४७ | १.१७ |
६ | १.४७ | ३२.४ |
७ | २.३७ | १२.७८ |
कुन कुन हुन् पिछडिएको क्षेत्र ?
सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । जस अनुसार प्रदेश १ मा संखुवासभाको भोटेखोला र पाँचथरको तुम्वावे गाउँपालिका पिछडिएको क्षेत्रमा परेको छ । प्रदेश २ मा सर्लाहीको धनकौल, बसबरिया र बिष्णु गाउँपालिका तथा रौतहटको राजपुर नगरपालिका पिछडिएको क्षेत्रमा परेको छ ।
प्रदेश ३ मा सिन्धुलीको हरीहरपुरगढी र मरिण गाउँपालिका, प्रदेश ४ मा मुस्ताङको लोमान्थाङ र ५ मा बाँकेको तरैनापुर गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छन् ।
प्रदेश ६ मा ३० वटा र प्रदेश ७ मा १७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् ।
स्राेत : अनलाइन खबर
Leave a Reply