लोक सेवा आयोग
कर्मचारी सञ्चय कोष प्रशासन पाँचौ प्रमुख सहायक पदको प्रतियोगितात्मक लिखित परिक्षा
२०७४/५/२ मा सोधिएको लिखित परिक्षाको प्रश्नहरु
पत्र : प्रथम पुर्णाङ्क : १०० समय : ३ घण्टा
विषय व्यवस्थापन लेखा र कम्प्युटर सम्बन्धी
खण्ड क
१. संगठनको उदेश्य हासिल गर्न व्यवस्थपनले कसरी भूमिका खेल्दछ ? व्यवस्थापनको आधारभूत सिद्धान्तहरुको बारेमा उल्लेख गर्नुहोस् । (१०)
२. द्धन्द्ध व्यवस्थापनको बारेमा जानकारी गराउदै यसका प्रक्रियाहरु के के हुन् ? वर्णन गर्नुहोस् । (१०)
३. नेतृत्व, उत्प्रेरणा र कार्य सम्पादनबीचको अन्तरसम्बन्धबारे उदाहरण सहित प्रकाश पार्नुहोस् । (१०)
४. परियोजना विश्लेषण र मूल्याङ्कन गर्दा ध्यान दिनुपर्ने पक्षहरुबारे स्पष्ट पार्नुहोस । लगानी तथा जोखिम व्यवस्थापनमा यस्ता पक्षहरु कसरी उपयोगी हुन सक्छन् ? व्यवहारिक उदाहरणसहित लेख्नुहोस् । (५+५)
खण्ड ख
५. ह्रासकट्टि भनेको के हो ? ह्रासकट्टिका प्रमुख विधिहरुबारे चर्चा गर्नुहोस् । (८+२=१०)
६. व्यवसायिक लेखाप्रणालीको महत्वमाथि प्रकाश पार्दै लेखाको सर्वमान्य सिद्धान्तहरुको संक्षेपमा व्याख्या गर्नुहोस् । (५+५=१०)
७. वित्तिय विश्लेषणका तरिकाहरुको बारेमा प्रष्ट पार्नुहोस् । (१०)
८. आन्तरिक लेखापरिक्षण र बाह्य लेखापरिक्षणबीच भएको भिन्नताहरु उल्लेख गर्दै ती दुई मध्ये बढी महत्वपूर्ण लेखापरिक्षण कुन हो स्पष्ट पार्नुहोस् । (१०)
खण्ड ग
९. Microsoft Office System भनेको के हो ? यस भित्र रहेका Word तथा Excel का महत्वबारे चर्चा गर्नुहोस् । (१०)
१०. Computer Networking भन्नाले के बुझिन्छ ? Networking का मुख्य विधिहरु र यसका फाईदाहरु सम्बन्धी व्यान गर्नुहोस् । (१०)
Leave a Reply